कोरोनाको त्रासमा गीत संगीतको साथ

अनु लामा

सिड्नी । अष्ट्रेलियामा बस्ने गायिका रश्मी तामाङ र नेपालमा बस्ने गायक अनिश योन्जनको सयुक्त प्रस्तुती रहेको र नेपालको हिमाली भेग मनाङमा छायान्कन गरिएको म्युजिक भिडियो ” आस्याङको छोरी” सार्वजनिक गरेका छन । यस् म्युजिक भिडियोमा युवा युवतीहरुको ढुक्ढुकी बन्न सफल तथा म्युजिक भिडियोहरु बनाउन अब्बल युवाहरुको समुह भिमफेदी गाइजको उत्कृष्ट नित्य र अभिनय रहेको यस् म्युजिक भिडियोमा नायिका तथा मोडेल निरन्जली लामाको उत्कृष्ट अभिनय रहेको छ ।

यसको रचना , संगीत सिड्नीमै बस्ने कमल तामाङले गरेका हुन भने संगीत सम्योजन सुन्दर लामाले गरेका हुन। यस् म्युजिक भिडियोलाई भिमफेदी गाइजका फ्रन्ट म्यान निर्मल कुमार लामाले निर्देशन गरेका हुन र क्यामेरा पर्सन र सम्पादन पवन सुस्लिङले गरेका हुन। भिडियोमा नेपालको रमणिय ठाउँ मनाङको उत्कृष्ट प्राकृतिक मनमोहक द्रिस्यहरु हेर्न सकिन्छ।

सेलो बिटमा तयार पारीएको यस् म्युजिक भिडियोमा च्याङबा र मैच्याङको बेजोड दोहोरी हानाहान र माया साट्ने मेलोको भाब सुन्न सकिन्छ । अष्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीत मा रुची राख्ने रश्मी तामाङको यो बिल्कुलै पहिलो र नौलो साङीतिक कोसेली हो र उनी अझै नयाँ र नौलो म्युजिक भिडियोहरु पस्कन समेत कम्मर कसी रेहेकी छिन । भिडियो हेर्न तल को लिन्क मा क्लिक गर्नुहोस् ।