काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आइसकेको छैन ।
तीनमध्ये छोरा र बुहारीमा कोरोना संक्रमण पुष्टि भएको हो । आमाको भने रिपोर्ट आउन बाँकी छ । २८ दिनअघि बेलायतमा फर्किएका उनीहरुमा र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि सोमकनर पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
सनसिटीमा पाँचवटा विल्डिङ रहेकोमा उनीहरु ए बिल्डिङमा बस्दै आएका थिए । अहिले सो अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँका मानिसलाई बाहिर जान दिइएको छैन ।






