“कोरोनाले सिकाएको एउटा पाठ” शिब पौडेल 

काेराेना पाठ-शिब पौडेल (तपाईं फुटबलरलाई १ मिलियन यूरो प्रति महिना र जैविक अनुसन्धानकर्तालाई १,८०० यूराे प्रति महिना दिनुहुन्छ, र अब, तपाईं कोरोनाभाइरस उपचारको खोजी गर्दै हुनुहुन्छ। क्रिस्टियानो रोनाल्डो वा मेस्सी काेमा जानुहोस् र तिनीहरूले नै तपाईंलाई उपचार उपलब्ध गराईदिने छन्।)

केही समय पहिले भाईरल भएकाे माथिकाे भनाई कसैको तस्बिर राखेर प्रचार गरियाे, थाहा भएन उन्ले भनेकाे हाे वा हाेईन! साे तस्बिर सँग जाेडिनु सहि थियाे वा गलत, थाहा भएन। तर पक्कै काेही एकले भने साेच्याे र लेख्याे।

जे लेख्याे सत्य लेख्याे! यथार्थ लेख्याे ।

विश्वले याे भनाईबाट धेरै कुराहरू सिक्न सक्छ तर दुर्भाग्य याे सिकाई महङ्गो पर्ने भयाे।

नेपाल र नेपाल सरकारले पनि यसबाट समय मै ज्ञान लिएर, मानव स्वास्थलाई प्राथमिकता दिदै चिकित्सक, नर्स, पारामेडिक्स तथा अनुसन्धानकर्ता जस्तै: बायाेमेडिकल ईन्जिनियर, बायाे टेक्नाेजाेजिष्ट, माईक्राेबायाेलाेजिष्ट लगायतकाे उत्पादन तथा राेजगारीका लागि लगानी बढाअाेस्। अाजकाे पिढीले दुखै पाए पनि भविष्यमा अाउने पिढीले नाजुक भै बस्ने पिडा नभाेगाेस्, सधैं विदेशीकाे मुख ताक्नु पर्ने अवस्था बाट पार पाअाेस्।

नेपालकाे स्वास्थ्य क्षेत्रमा चिकित्सक बाहेकका अरु क्षेत्रले न त सरकारकाे तर्फबाट अावश्यक सहयाेग पाउन सकिरहेका छन् न त निजी क्षेत्र ले नै महत्त्व बुझेको छ । वायाेमेडिकल ईन्जिनियर र वायाेटेक्नाेलाेजिष्ट जस्ता नवीन र उत्कृष्ट विषयका बारे सर्वसाधारणले त झन् यि के हुन् भन्ने बुझेकै छैनन् न त चासाे नै राख्छन् । न त कतै कहिल्यै सार्वजनिक वहस मा ल्याईन्छन्।

नर्सहरुकाे अावश्यकता सरकारी कलेजकाे उत्पादनले धान्दैन। निजी क्षेत्रले सस्ताेमा पढाउन सक्दैन । पढाइ सकेपछि राेजगारीकाे उस्तै नाजुक अवस्था । सरकारी सिमित काेटामा नेता तथा पहुँचवाला बाहेकका ले नसाेचे हुन्छ। निजी अस्पतालमा कि त ईन्टर्नसिपमा समय विताउनु पर्ने या ता क्लिनर भन्दा सस्ताेमा लादिनु पर्ने अवस्था छ। स्वतन्त्र (फ्रिल्यान्सर) भएर गरि खाने बाटाे पनि खासै देखिदैन! तर पढाइ अत्यन्तै महङ्गो । अनि हरेक नर्सकाे सपना कुनै विकसित देशहरु, जहाँ ज्ञानकाे महत्त्व र कामकाे उचित पारिश्रमिक मिल्छ, नभएर अरु के हुन सक्छ ?

पारामेडिक्स वायाेमेडिकल ईन्जिनियरहरु उत्पादन गर्ने नेपालकाे एक मात्र निजी क्षेत्रकाे ‘कलेज अफ वायाेमेडिकल ईन्जिनियरिङ तथा एप्लाईड साईन्सेज् हाँडीगाउँ’ कलेजकाे अाम्दानीकाे श्राेत भनेकै विशुद्ध विद्यार्थीकाे फिस् भन्दा अर्काे छैन। न सरकारकाे चासाे छ, न सहुलियत । नियमक निकायहरु विश्वविद्यालय, ईन्जिनियरिङ काउन्सिल तथा यु.जि.सि.काे पेलान उस्तै । वर्षाै देखि स्नातकोत्तर तह पढाईकाे लागि पूर्वाधार तयार गरेकाे कलेज हालसम्म पनि विश्वविद्यालयकाे राजनैतिक तथा अन्य खिचातानीका कारण, भाैतिक पूर्वाधार पुराना हुँदै छन् तर कक्षा सञ्चालन काे अनुमति पाउन अझै कति कुर्नु पर्ने हाे अन्याेल छ। विश्वव्यापी राेजगारीकाे विशाल स्काेप भएकाे याे क्षेत्र नेपालमा भने खासै महत्त्व दिईएकाे छैन्। परिणाम अहिले काेभिड-१९ काे महामारीमा दिखिएकाे छ।

त्यस्तै विश्वकाे अाैषधी उपचार लगायत वायाे (प्राणी र बनस्पति) सम्वन्धी विधामा साेध गर्ने विज्ञान भनेकाे वायाेटेक्नाेलाेजी हाे। संसारभरी उच्च अावश्यक र उच्च स्काेप भएकाे याे विषयमा नेपालका दुई विश्वविद्यालय अन्तर्गत मात्रै स्नातक तहमा पढाइ हुन्छ। पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेज र के.यु. मा पढाइ हुने याे बिषयमा स्नातक गरेका प्रायः सबै विद्यार्थीहरु बिदेशका ठुला ठुला जैविक प्रयोगशाला मा काम गरिरहेकाछन् । यता नेपालमा अनुसन्धान तथा प्रयाेगशाला शुन्य प्रायः छन्।

निजी कलेजमा सरकारले छात्रवृत्ति दिदैन, बरु निजी क्षेत्रलाई नै छात्रवृत्ति दिन जवरजस्ती छ।

भएका केही सरकारी प्रयाेगशाला नेता र पहँुचवालाका भर्ती केन्द्र भैरहेका छन् । महावीर पुन जस्ता व्यक्तिहरुकाे साेचलाई प्राेत्साहन छैन। केही गर्छु भन्ने लाई निचाेर्न प्रशासनिक संयन्त्र तम्तयार छन्, सहयाेग गर्न काेहि तैयार छैन।

सँगसँगै, मानव जिवनका अभिन्न अंङ्ग किसान समुदायले पनि अात्महत्या गर्न नपराेस्। फसलकाे सहि मुल्य पाउन्। किसानहरुले दूध, कुखुरा तथा स्थानीय फलफूलकाे बिक्री गर्न नसकेर फ्याक्नु परेका खवरहरु अाईरहेका छन्। यस्ताे बेला सरकारी संयन्त्र बिचाैलिया भन्दा पहिले कृषक सामु पुगेर उपयुक्त व्यवस्थापन गर्न सके कृषि पेशामा युवाहरुलाई पनि अड्याउन सकिने छ।

सरकारकाे चासाे कसरी बिदेशबाट ल्याउने र ल्याउदा हुने कमिसन कै चक्रव्युहमा फँसेको छ भन्ने देखिन्छ। राजनैतिक तथा सरकारी नेताहरु प्रयाेगशाला बनाउनुकाे सट्टा अाँफु र अाँफ्ना नागरिक लाई नै प्रयाेशाला बनाईएकाेमा क्षणिक सन्तुष्टि लिईरहेकाछन्। भ्रम अब हट्नु छ।

प्राविधिकहरु लाई देशबाट पलायन हुनबाट राेक्न समयमै ध्यान दिईयाेस् । अनुराेध छ।

भुकम्पले नसकेको पाठ काेराेनाले पढाअाेस्, त्यही यथेष्ट छ।