शिब भण्डारी
लन्डन।कोरोनाबाट विश्वव्यापी आक्रान्त र लकडाउन भइरहेका बेला तपाईं वा तपाईंको परिवारका कुनै सदस्य बेलायत फर्कन नपाएर नेपालमै अलपत्र परिरहनु भएको छ? त्यसो भए तत्काल काठमाडौँस्थित ब्रिटिश दूतावासलाइ सम्पर्क गर्नु होस्।ब्रिटिश सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेलायत फिर्ता ल्याउन २ ओटा विमानहरु चार्टर्ड गर्ने तयारी गरिरहेको छ।
नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले एक ट्विट गर्दै भनेकी छन्, “यदी तपाईं नेपालको भ्रमण गरिरहनु भएको ब्रिटिश नागरिक हुनुहुन्छ र ब्रिटेन फर्कन चाहनुहुन्छ भने आफ्नो नाम, पासपोर्ट नम्बर, इमेल र फोन नम्बर BEKathmandu.Details@fcogov.uk मा पठाई दिनुहोस्। हामी तपाईंलाइ जति सक्दो छिटो सम्पर्क गर्ने छौं।
“पर्यटन व्यवसायमा आवद्ध लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक एबम ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष बिराज भट्टले लन्डन नेपालन्युजसंग कुरा गर्दै यदी कुनै नेपालीको परिवारका एकजना सदस्यको मात्रै पनि ब्रिटिश पासपोर्ट छ भने तत्कालै काठमाडौँस्थित ब्रिटिश दूतावासमा सम्पर्क राख्न सुझाव दिएका छन्।
ब्रिटेनले पेरु मा अलपत्र परेका आफ्ना नागरिकहरुलाई यसै साता बेलायत फिर्ता ल्याएको छ ।यसैबीच नेपाल पर्यटन बोर्डले पनि नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरुलाई तत्काल सम्पर्क राख्न भनेको छ।
https://strandedinnepal.com/?fbclid=IwAR08m2ytBgyXQadgZw6k2inozyr0EzUdISc9OqbqOHh0pb6I678LsKSRTM4
“हामीले तपाईं को सबै समस्या समाधान गर्न न सकौंला तर हामी प्रयास गर्ने छौं,” बोर्डले भनेको छ ।






