अनु लामा
सिड्नी । अष्ट्रेलियामा बस्ने गायक दिल तामाङले नेपालको मनाङमा छायाँकन गरेको म्युजिक भिडियो ‘क्या राम्रो’ सार्वजनिक गरेका छन् । युवा युवतीको ढुक्ढुकी बन्न सफल तथा म्युजिक भिडियो बनाउन अब्बल युवाहरुको समुह भीमफेदी गाइजको उत्कृष्ट नृत्य र अभिनय रहेको उक्त म्युजिक भिडियोमा नायिका तथा मोडेल निरञ्जली लामा, सुक्मित घिसिङ, मञ्जित लामा र गायक दिल तामाङ स्वयमकै अभिनय रहेको छ ।
गीतको रचना, संगीत गायक दिल तामाङले गरेका हुन भने संगीत संयोजन चान्द सिंहले गरेका हुन । यस म्युजिक भिडियोलाई भीमफेदी गाइजका फ्रन्ट म्यान निर्मलकुमार लामाले निर्देशन गरेका हुन् । क्यामेरा पर्सन र सम्पादन पवन सुस्लिङले गरेका हुन् ।
भिडियोमा नेपालको रमणीय ठाउँ मनाङको उत्कृष्ट प्राकृतिक मनमोहक दृश्यहरु हेर्न सकिन्छ । सेलो बिटमा तयार पारिएको यस म्युजिक भिडियोमा छुट्टै सामाजिक कथावस्तुलाई चित्रण गरिएको छ । प्राय सबै प्रकारको गीत संगीत गाउन मन पराउने गायक दिल तामाङले पछिल्लो समय आफ्नो समुदायलाई लक्षित पार्दै लगातार म्युजिक भिडियोहरु पस्की रहेका छन् । उनका सबै गीत संगीतले चर्चा बटुल्दै आइरहेको छ ।






