तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा रहेका शेर्पा समुदायले गत आइतबार ग्याल्पो ल्होसार मनाए । सुरुमा पूजा उत्सव भयो, झन्डै एक घन्टा पूजा कार्यक्रम सकिएपछि औपचारिक कार्यक्रम सुरु भयो । त्यसपछि परिचय कार्यक्रम र राष्ट्रिय गीत गाइएको थियो, नेपाली र अस्ट्रेलियन राष्ट्रिय गीत गाइएको थियो ।
शेर्पा स्वागत गीतले पाहुनालाई सत्कार गरिएपछि पाहुनालाई खाँदा लगाइएको थियो । त्यसपछि शेर्पा नृत्यले सबैको ध्यान केन्द्रित गरिएको थियो । कर्मा शेर्पाको स्वागत मन्तव्य राखेका थिए ।
शेर्पा भाषामा उनले दिएको स्वागत भाषणमा सहभागी सबैलाई धन्यवाद भनिएको थियो । उनले हेल्मो ल्होसारका बारेमा जानकारी गराउँदै नयाँ पुस्ताले हाम्रो संस्कृतिलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने कुरा उल्लेख गरेका थिए ।
अस्ट्रेलियन हिमालय फान्डेसनका अध्यक्ष साइमन्ड बालदस्टोनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष साइमन्डले नेपालका हिमाली क्षेत्रमा पुगेर शिक्षाको क्षेत्रमा धेरै योगदान दिएका छन् । उनले नेपालका हिमाली क्षेत्रका बारेमा विशेष दख्खल राख्छन् ।
शेर्पा सस्कृति झल्कने कार्यक्रम सम्पन्न भएपछि अनौपचारिक कार्यक्रम सुरु भएको थियो । पुरस्कार वितरण तथा अन्य विविध कार्यक्रमपछि






