महाधिवेशनको अन्तिम तयारीमा जनसम्पर्क समिति अष्ट्रेलिया, सबै राज्यमा तयारी समिति घोषणा

तक्दीर अधिकारी

सिड्नी । चौधौं महाधिवेशनको सरगर्मी बढेसँगै यतिबेला काङ्ग्रेस भित्र भातृ संंगठन बिदेशस्थित जनसम्पर्क समितिहरू अधिबेशनको तयारीमा जुटेका छन। त्यसै गरी केन्द्रदेखि जिल्लासम्मका नेताहरु कार्यकर्ताको बिचमा जान थालेका छन।

अधिबेशनमा मतदाताका रूपमा विशेष भुमिका राख्ने बिदेश बिभाग अन्तरगतका जनसम्पर्क समितिहरूका बिषयमा केन्द्रीय कार्यलय सानेपाले अधिबेशनका निम्ति आवश्यक कार्य गर्नु गराउनु भनी केही देशहरूमा परिपत्र नै गरी जिम्मेवारी यस अघि नै तोकिसकेको छ।
जस अनुरूप जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशन सम्पन्न गर्नका लागि कृष्ण गिरिले अधिबेशन संयोजकको जिम्मेवारी पाएका थिए ।

प्रजातान्त्रिक मुल्य मान्यता र बिपिको समाजबादी आदर्श अनुरूप आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने काङ्ग्रेस पार्टी आजसम्म पनि आन्तरिक मतभेद बाट बाहिर निस्कने प्रयास गरिरहेको छ । बेला बखत शिर्ष नेतृत्व देउवा र पौडेलले नै आम कार्यकर्तालाई पार्टीको विधि बिधान र निर्णयलाई आत्मसाथ गरेर अघि बढ्न सुझाइरहेका छन् ।

पार्टीको निर्णयअनुसार जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका शिशिर गिरिले लामो समयको अन्योललाई चिर्दै सुझाव सङ्कलन समितिको सुझाबका आधारमा चौथो महाधिवेशन सम्पन्नका निम्ति उप(समितिहरू, अष्ट्रेलियाका सबै राज्यमा चुनावी तयारी संयोजकसहित समितिहरू निर्माण गरेका छन।

पार्टी विधि र बिधान अनुरूप आवश्क सबै प्रक्रिया पूरा गरि बिधिवत रूपमा महाधिवेशन सफल पार्नका लागि जनसम्पर्क समिति अष्ट्रेलिया तयार देखिएको छ। यतिबेला जनसम्पर्क समिति अष्ट्रेलिया अधिबेशनमय बनेको छ ।

केन्द्रीय कार्यलय सानेपाले जनसम्पर्क समितिहरूको निर्वाचनका निम्ति आवस्यक पार्टी क्रियाशील सदस्यता सम्बन्धित देशहरूमा पठाउने तिब्र तयारी गरिरहेको र पार्टिले क्रियासिल सदस्यता पठाएसंगै जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो महाधिवेशनको तिथि मिती तोकेर निर्वाचन प्रक्रिया अगाडि बड्ने केन्द्रीय निर्वाचन समिति सदस्य तथा न्यू साउथ वेल्स राज्यका निर्बाचन सयोजकसमेत रहेका राजकुमार अधिकारीले बताएका छन्।

साथै अधिकारीले बिधिवत अधिबेशनका निम्ति प्रजातान्त्रिक प्रक्रियामा सहभागी भइ पार्टी केन्द्रको निर्देशनलाई आत्मसाथ गर्दै चौथो महाधिवेशनलाई सहमति र एकताको अधिवेशन बनाउनका निमित्त जनसम्पर्क समिति अष्ट्रेलियासँग आबद्द सम्पूर्णअग्रज बुद्धिजीवी पार्टी शुभचिन्तक क्रियाशील साथीहरू सबैमा हार्दिक अपिल गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *