तक्दीर अधिकारी
सिड्नी । एएसएपी ईन्टरटेन्मेन्टको आयोजनामा हेरिटेज अफ फेसन सिड्नी अष्ट्रेलिया आयोजना हुने भएको छ । हेरिटेज अफ फेसन शो मार्च १४ मा सिड्नीको सोफेटल होटेलमा आयोजना हुने एएसएपी ईन्टरटेन्मेन्टको निर्देशक सन्तोष अधिकारीले जानकारी दिए । निर्देशक अधिकारीका अनुसार कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकमको केही अंश अष्ट्रेलियन रुलर फाइर फाइटरलाई उपलब्ध गराइने छ ।
फेसन शोमा नेपालीलगायत चीन, भार फिलिपिन्स, दक्षिण अमेरिका, इंग्ल्याण्ड र युरोपलागायतका मोडेलले सहभागिता जनाउने छन् । कार्यक्रममा नेपाली फेशन क्षेत्रमा छुटै उचाइ बनाउन सफल फेसन डिजाइनर, गयाक गायिका र श्रष्टाले बिशेष प्रस्तुति दिने निर्देशक अधिकारीले बताए ।
बिभिन्न नेपाली कला संस्कृतिका कार्यक्रममा सक्रिय एएसएपी ईन्टरटेन्मेन्टले हालै अष्ट्रेलियामा नेपाली कथानक चलचित्र आमाको सफल प्रदर्शनसमेत गरेको छ । नेपाली पोशाक र नेपाली कला संस्कृतिलाई प्रवासमा प्रवद्र्धन गर्ने र नेपालका कलाकारलाई नेपाली भेषभुषासहित -याम्पमा उतार्ने उद्देश्यसहित हेरिटेज अफ फेसन सिड्नी अष्ट्रेलिया २०२० आयोजना सिड्नीमा हुदैछ ।






