तक्दीर अधिकारी
सिड्नी । मार्च ८ मा आयोजना हुने अपोलो सिड्नी होली मेला भव्य हुने भएको छ । अपोलो सिड्नी होली मेला २०२० नाम दिएको उक्त होली कार्यक्रम सिड्नीको लिडकममा रहेको वाइट पार्कमा आयोजना हुनेछ । कार्यक्रमलाई भव्य बनाउन नेपालबाट आएका कलाकार र स्थानीय कलाकारले सांगीतिक माहोल बनाउने छन् ।
कार्यक्रममा सुशान्त केसी, तृष्णा गुरुङ, अल्मोडा, मरिष्का पोखरेल, एलिसा शर्मा, ओशिन सिटौला र दिनेश काफ्लेको साथमा स्थानीय डिजे बिरक, सुशील, नटकेश, प्रनेस, प्यब्लो र यानोनलगायतको प्रस्तुतिले भरपूर मनोरन्जन प्रदान गर्ने बताइएको छ ।
सिड्नीमा होली महोत्सव बिगत बर्षमा दुई आयोजक हुन्थे । उनीहरूले बेग्ला बेग्लै स्थानामा होली मेलाको आयोजना गर्दै आएका थिए । तर, यस पटक भने यी दुई आयोजकहरू एक भएर होली मेला कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रमको आयोजना नेप्लिज स्क्वाड इन्टरटेनमेन्ट र कमेरो इभेन्टले संयुक्त रूपमा होली मेला आयोजना गर्ने निर्णय भएको छ । कार्यक्रम को जानकारी दिनको लागि आईतवार रक्डेलमा प्रेस मीट गरिएको थियो ।







