गोर्खा नेपाली समाज स्विन्डनले भव्य रुपमा मनायो अन्तर्राष्ट्रिय नारी दिवस

लन्डन । गोर्खा नेपाली समाज स्विन्डनले ११०औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाएका छन् । बर्कहस सामुदायिक भवनमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव मनु पाइजा मगरले गरेकी थिइन् । गोर्खा नेपाली समाजकी अध्यक्ष चन्द्रकला लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्विन्डन बोरो काउन्सिलका मेयर क्याविन पारीले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी विशेष अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष पे्रम गाहा मगरले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति चन्द्रकला लिम्बूलगायत प्रमुख अतिथि मेयर पारी, विशेष अतिथि गाहा मगरले दीप प्रज्जवलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसपछि कार्यक्रम संयोजक गंगा थापाले स्वागत मन्तव्य राखेकी थिइन भने नारी दिवशबारे संस्थाकी कोषाध्यक्ष कल्पना राई प्रष्ट पारेकी थिइन् ।

नारी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नेहरुमा मगर महिला संघ यूके अध्यक्ष विष्णु शिरिष, मगर संघ यूके स्विन्डन शाखाका अध्यक्ष कुमार राना, यस्तै किरात राई यायोक्खा स्विन्डन उपाध्यक्ष कल्पना राई, किरात याक्थुङ चुम्लुङ स्विन्डन अध्यक्ष आशा लिम्बु, स्विन्डन जेष्ठ नागरिक उपाध्यक्ष सिर्जना गुरुङ, किरात धर्म तथा साहित्य उत्थान संघ यूके अध्यक्ष रामकुमार थेबे, विश्व नेपाली साहित्य स्विन्डन शाखा अध्यक्ष लालसुन्दर राई, हङकङ नेपाली मञ्च यूके अध्यक्ष भीममहेन्द्र गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । भौगोलिक सूचना प्रविधि विशेषज्ञ भेश थापा शुभकामना मन्तव्य राखेका थिए
मगर महिला संघ यूके स्विन्डन शाखा अध्यक्ष तथा कार्यक्रम संयोजक गंगा थापाले भने मुक्तक वाचन गरेकी थिइन । यस्तै लेखक तथा कवि नानू रानाले कविता बाचन गरेकी थिइन् भने संस्थाका संरक्षकहरु रामकुमार थेबे, राजु लिम्बु, शिवप्रसाद राई, धनकुमार राई, झलम राई,सहभागी थिए । संस्थाका संरक्षक भोला बिक्रम राईले गजल र कविता वाचन गरेका थिए ।

मेघा गुरुङ, बिबेक मादेन, बिदुर मादेन, सोनुमा लिम्बू र एलिना लिम्बूले नृत्य प्रस्तुत गरेका थिए । संस्थाका सचिव भरत लोहरुङ राईले बासुरी तथा मुक्तक वाचन गरेका थिए भने सभापति लिम्बूले सहभागीलाई धन्यवाद दिएर कार्यक्रम बिर्सजन गरेकी थिइन् ।

कार्यक्रममा सस्थाका संरक्षकहरु बल्लब गुरुङ, राजु लिम्बू, राम कुमार थेबे, शिव प्रसाद राई, धन कुमार राईको उपस्थिति थियो ।

११० औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा संकलित रकम सुदूरपश्चिममा रहेको श्रीजन संयुक्त प्राथमिक विद्यालय गुवाकोट गुमी, सुर्खेतलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *