सामाजिक कार्यमा पोखरा समाज अष्ट्रेलिया को निरन्तरता सिड्निमा रक्तदान सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । बिगत लामो समय देखि नेपाली समुदाय बिच अष्ट्रेलियामा सामाजिक कार्यमा अग्रसर पोखरा समाज अष्ट्रेलिया ले आफ्नो नियमित कार्यक्रम अन्तरगतको रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पछिल्लो समय मातृभूमिदेखि बाहिर प्रवासमा रहेका नेपाली समुदायभित्र नेपाली भाषा, परम्परा र सस्कृतिको संरक्षण र प्रवद्र्धनको अभियानमा अग्रसर समाजले शनिबार एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देब गुरूङको प्रमुख आतिथ्यतामा (स्वस्छ जीवन जिउन र जीवन बचाउन का निम्ति नियमित रक्तदान गरौं) भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिएको समाजका महासचिव समित केसीले बताए ।

बिगत लामो समयदेखि अष्ट्रेलियाभित्र नेपाली समुदायबीच विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै शनिबार आयोजित रक्तदान कार्यक्रममा सहभागीहरू मध्य १५ जनाले सस्थाका अध्यक्ष राजकुमार अधिकारी माधव गौतम, विष्णु पौडेल, राजेश केसी, हिउपती गुरुङ, सन्तोष आचार्य, कविता थापा, राम शर्मा, विष्णु पौडेल (हमिय), राजु ढकाल, विष्णुमाया न्यौपाने अधिकारी, श्रवण श्रेष्ठ, कुमार क्षेत्री र तक्दीर अधिकारी लगायतले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि देब गुरुङले सामाजिक कार्यमा पोखरा समाजले देखाएको अग्रसरताको खुलेर प्रसंशा गरेका थिए । आउँदा दिनहरूमा पनि यस खाले सामाजिक कार्यमा सहयोग र सहभागिताको लागि सस्थाका अध्यक्ष राजकुमार अधिकारीले सबैमा अनुरोधसहित सहभागी सबैमा धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, राजु ढकाल, सन्तोष आचार्यलगायतले यस खाले सामाजिक कामप्रति सस्थालाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *