भीएफएमले सिड्नीमा मनायो शिवरात्रि

तक्दीर अधिकारी

सिड्नी । भिजन फर मोटिभेसन (भीएफएम) ले सिड्नीमा शिवरात्रि भव्यरुपमा मनायो । भीएफएमका संस्थापक महेश प्रसाई  (म्याक्स बाबु ) का अनुसार संस्थाले शिवरात्रि मनाएको यो तेस्रो संस्करण हो, नेपाली भाषा संस्कृति जोगाउने उद्देश्यका साथ गरिएको यो कार्यक्रममा ३ सयभन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सन्ध्या आरती र प्रसाद वितरण गरिएको थियो । कार्यक्रमको सबैभन्दा आकर्षण सन्ध्या आरती लाग्दथ्यो । बागमति किनार पशुपतिनाथमा जस्तै गरिएको उक्त सन्ध्या आरतीमा सहभागीले प्रशन्न मुद्रामा नेपालमै भएको अनुभूति गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो पुस्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका अगुवा डा.  नारायण प्रधान, ईन्द्रा वान,  निम्फाका सचिब लक्क्ष्यमन गुरु, किरात सोसाइटीका सदस्य भगत लिम्बु लगायतको  उपस्थिती थियो।  कार्यक्रममा बोल्दै बे साइड काउन्सिल का पूर्व मेयर बिल सारानोभोस्की ले नेपाली समुदायले बे साइड क्षेत्रमा  पुरायेको उल्लेखनिय योगदान बारेमा चर्चा गर्दै आगामी दिन हरुमा पनि यस्को निरन्तरता रहने आफुले अपेक्ष्या राखेको बताए  ।  कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङले आयोजक भीएफएमलाई धन्यवाद दिँदै भने– नेपाली संस्कार र संस्कृति जोगाउँदै विद्यार्थी र अभिभावकप्रति देखाएको मायाको हामीले खुलेर प्रशंसा गर्नुपर्छ । यस्तै समाजका अगुवा डा.  नारायण प्रधानले आफूलाई नेपालमै भएको अनुभूति भएको बताएका थिए । उनले भने यस्ता कार्यक्रम विदेशमा बसे पनि नेपालीको संस्कृतिको संरक्षण गर्न सकिने कुरामा जोड दिएका थिए ।

 

भीएफएमले आयोजना गरेको उक्त कार्यक्रमलाई हिन्दू सोसाइटीले सहयोग गरेको थियो । कार्यक्रममा रकडेल कांग्राहमा बसोबास गर्ने अभिभावकको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन भेटघाट चौतारीका तर्फबाट राम अधिकारीले गरेका थिए भने चौतारीका संयोजक खगेन्द्र घिमिरेले सहभागीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा लोक तथा दोहोरीमन्च न्यू साउथ वेल्स ले सम्पूर्ण भक्तजनहरु नाच गान को बातावरण मिलाएको थियो।  एक महिना अघी मात्र अष्ट्रेलिया आएका सुर्य तमाङ  आफुएक्लो भएको महसुश गरेको बेला भीएफएमको कार्यक्रमले आफु नेपालमै भएको अनुभूति भएको बताए  ।

तस्बिर साभार भीएफएम फेस्बुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *