बेलायत ईयूबाट अलग

लन्डन । बेलायत ४७ बर्षपछि युरोपेली संघ ईयूट बाहिरिएको छ । आज बिहानबाट युरोपेली सङ्घसँगको सदस्यता बेलायतले त्यागेको हो । प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटलाई नयाँ बिहानीको संज्ञा दिएका छन् । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि पनि युरोपली सङ्घसँग राम्रो सम्बन्ध बनाइरहनुपर्ने बताएका छन् ।

विना आधार अमेरिकासँग सम्झौत गर्न हामफाल्न नहुने पनि उनले बताएका छन् । इयुवाट अलग हुने निर्णय कार्यान्वयनमा आएसँगै ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैर्ले याली, उत्सव मनाएका छन् ।

ब्रेक्जिट लगत्तै बेलायतमा सङ्क्रमणकाल शुरू हुने भएकोले यसवाट खासै परिवर्तन नदेखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन् । तीन बर्ष लामो प्रयासपछि ब्रेक्जिट सम्भव भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *