तक्दीर अधिकारी
सिड्नी । दोस्रो वरिवर तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । वरिवर तेक्वान्दो र युनाइटेड तेक्वान्दो फेड्रेसन (युटीएफ) ले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रतियोगिता मार्च २८ मा हुनेछ ।
वरिवर तेक्वान्दोका निर्देशक प्रकाश क्षेत्रीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई खेलकुदप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनले भने, ‘यो ओलम्पिक खेल हो, कतिपय मानिसहरु प्रवासमा बसेर खेलकुदमा अब्बल हुनसक्छन् ।’ बेलायतमा बसोबास गर्ने पौडी खेलाडी गौरिका सिंहको उदाहरण दिँदै उनले भने, ‘सिड्नीमा बसोबास गर्ने नेपाली समुदायलाई पनि तेक्वान्दो खेलप्रति आकर्षित गर्न सकिन्छ कि भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।’ तेक्वान्दो खेलप्रति सिड्नीमा बसोबास गर्ने नेपाली समुदायलाई आकर्षित गर्नकै लागि निरन्तर अभ्यास र प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय भनिएको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउन कोषमा रकम जम्मा गर्ने काम पनि भइरहेको छ । कोषमा राम्रै रकम जम्मा भयो भने नेपालबाट पनि बच्चाहरुलाई ल्याएर प्रतियोगितामा सहभागिता गराइने छ । क्षेत्रीले भने, ‘फिलिपिन्सको एउटा क्लबसँग मैले कुरा गरिरहेको छु, उनीहरुले पनि खेलाडी पठाउने कुरा गरिरहेका छन् । प्रतियोगिता अन्तर्राष्ट्रिय बनाउन सकिएन भने पनि स्थानीय सबै क्लबलाई सहभागिता गरेर प्रतियोगिता गराइने छ । मैले ब्रिजवन, मेलवन र तास्मनियाका क्लबलाई पनि खबर गरेको छु ।’
विगतमा भन्दा यसपटक बढी नै प्रतियोगी सहभागी हुने जानकारी दिँदै क्षेत्रीले भने, ‘विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।







