तक्दीर अधिकारी
सिड्नी । झापाली समाज अस्ट्रेलियाले सञ्चारकर्मी दिलभूषण पाठकलाई स्वागत तथा बिदाइ ग-यो । गत शुक्रबार थर्डआई रेस्टुरेन्ट फङ्सन सेन्टरमा समाजले सञ्चारकर्मी पाठकलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा झापाली समाजका अगुवाहरुको उपस्थिति थियो ।
एक आपसमा परिचयबाट सुरु भएको कार्यक्रममा झापाबाट अस्ट्रेलिया आई विभिन्न पेशा व्यवसाय गरिरहेका व्यक्तित्वका उपस्थिति थियो । छोटा अवधिको सूचनाका आधारमा आयोजना गरिएको कार्यक्रम भए पनि उत्साहजनक सहभागिता रहेको झापाली समाजका अध्यक्ष उमेश पोखरेलले जानकारी थिए । अध्यक्ष आफैले संयोजन गरेको उक्त कार्यक्रम आयोजना गर्नुभन्दा ३ घन्टा अघि मात्र सूचना प्रवाह गरिएको थियो ।
कार्यक्रममा समाजका अगुवाहरु भवानी ओली, दिनेश पोखरेल, दीपक चुडाल, निरञ्जन प्रसाई, दीपक खनाललगायत स्थानीय व्यवसायी जीवन प्रसाईको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा दिलभूषण पाठकले दिएको योगदानबारे चर्चा गरिएको थियो । सञ्चारकर्मी पाठकले झापाबाट सिड्नी आएर यति धेरै सफल व्यवसायी र अग्रसर झापालीहरु भेट्दा आफू झापामै भएको अनुभव भएको बताएका थिए । छोटो समयमा जुटेर कार्यक्रम सफल बनाइदिएकोमा समाजका अध्यक्ष पोखरेलले सबैलाई धन्यवाद दिए ।







