स्पेनको बार्सिलोनामा मनाईएको अनौठो जनावर दिवस

भोला लामिछाने, यूरोप

विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो । स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो । यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते । नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् ।

डेलीमेलका अनुसार ब्ल्याक फ्राइडेु को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए । जुन भिडियो फूटेज अहिले सामाजिक सञ्जालमा पनि व्यापक शेयरु गरिएको छ । हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग छ । यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था अनिमा नेचुरलीसुको आयोजनामा भएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले पीडा आनन्ददायक हुँदैनु भन्दै नारावाजी समेत गरेका थिए । भुवा तथा छाला उद्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीटरमा समेत उल्लेख गरेको छ । अनिमा नेचुरलीसुका अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदैआएको छ । साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु नष्ट गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *