बेलायतको अल्डरसटमा नेपालीले खोले अहिले सम्मकै ‘बिशाल’ सुपर मार्केट(भिडियो सहित)

शिब भण्डारी

लण्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटमा अहिले सम्मकै बिशाल सुपर मार्केट खुलेको छ । २४ नोभेम्बर आइतबार बाट अल्डरसट टाउन सेन्टरमा चाईना ओरियन्टल सुपर मार्केटले आफ्नो सेवा आरम्भ गरेको  हो ।

चाईना ओरियन्टल सुपर मार्केट उद्घाटनमा यस्तो देखियो हेर्नुस  स्थलगत लाईभ; रिपोर्ट

समारोहमा स्थानीय रसमोर बरो काउन्सिलका मेयर सु-कार्टर युवा व्यवसायी तथा समाजसेवी काउन्सिलर प्रवेश केसी,रसमोर बरो अन्तर्गत अल्डरसटका बिभिन्न्न काउन्सिलरहरुले संयुक्त रुपमा सो सुपर मार्केटको विधिवत रुपमा उद्घाटन गरेका थिए।

यसै गरि उद्घाटन समारोहमा एनआरएनए युके अध्यक्ष पुनम गुरुङ,उपाध्यक्ष प्रेम गाहा मगर,माहासचिब फडिन्द्र भट्टराई ,एनआरएन इङग्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठ,ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासे,तमुधिं यूकेअध्यक्ष नन्दजंग गुरुङ लगायत स्थानीय नेपाली संघसंस्थाका पदाधिकारीहरुको बिशेष उपस्थिति रहेको थियो ।

सो सुपरमार्केटमा स्थनीय समाजसेबी एबम सफल ब्यबसायी कमल गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ,राजु घले,अनिल प्रधान, राजेन्द्र श्रेष्ठ लगायतसमुहको लगानी रहेको छ।

बिशेष गरी सुपरमार्केटमा नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रामा बिक्रि गर्ने उद्देश्यले सो सुपर मार्केट स्थापना गरिएको संचालक मध्येका एक कमल गुरुङले जानकारी दिए ।

ग्राहकले दैनिक आवश्यक पर्ने सबै सामानहरु एकै ठाउँमा पाउँन’ भन्ने उद्देश्य अनुरुप आफूहरुले विभिन्न मासुका परिकार, नेपाली सामान लगायत एशियन सामानहरु समेत राखिएको गुरुङले बताए । उनले, आफूहरुले सामानको क्वालिटीलाई बिशेष ध्यान दिईएको र कम भन्दा कम मार्जिन राखेर बिक्रि गरिने जनाए ।

यसै गरि एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङका अनुसार अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि विभिन्न समुदायका ग्राहकहरुको माँगलाई ध्यानमा राखेर आफूहरुले सुपर मार्केटको शुरुवात गरिएको बताए ।अल्डरसटमा चाइना लगायत एशियनहरुका लागि बिशेष पसल नभएकोले पनि आफूहरुले एशियनहरुको माँगलाई ध्यानमा राखेर पसल शुरु गरिएको बताए ।

नेपालीको राजधानीको रुपमा परिचित अल्डरसटमा थुप्रै नेपाली कार्यक्रमहरु आयोजना हुने स्थल पनि हो । आर्मी टाउनको रुपमा समेत परिचित अल्डरसटमा गोर्खा पल्टन समेत रहेको छ ।

हुन त अल्डरसटमा अरु ग्रोशरीहरु नभएका होइन तर एउटै छानामुनी विभिन्न प्रकारका सामान अर्थात् सबै समुदायलाई लक्षित गरि सुरु गरिएको हुनाले पनि सबै ग्राहकहरुको आवस्यकतालाई पुरा गर्ने विश्वास गर्दछन,स्थानीय रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *