दिप्सी र प्रिन्सको ‘मखमली फुल्यो’ सार्वजनिक

तक्दीर अधिकारी सिड्नी । तिहार नजिकिँदै गर्दा देउसी भैलोका गीतहरु धमाधम सार्वजनिक हुन थालेका छन् । देशमा बस्नेहरु मात्र होइन विदेशमा बस्ने नेपालीहरु समेत यो चाडलाई लिएर निकै उत्साहित हुन्छन् । जहाँ रहेपनि आफ्नो तरिकाले दिपावली मान्ने गरिन्छ । यस्तैमा दिप्सी भट्ट र प्रिन्स सिलवालको आवाजमा ‘मखमली फुल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

जीवन कार्कीको शब्द र रमेश पाठकको संगीतमा तयार गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । गीतको भिडियोमा थुप्रै बालकलाकारहरुले राम्रो नृत्य प्रस्तुत गरेका छन् ।

विदेशमा बसोबास गर्दै आएका नेपाली र तिनका सन्तानले नेपाल र तिहारलाई निकै सम्झेको भाव गीतले बोलेको छ । श्वेता पौडेल र सुचना पौडेलको कोरियोग्राफी रहेको गीतलाई दिपेन्द्र भट्टले निर्देशन गरेका हुन् । भिडियोको छायांकन र सम्पादन पनि दिपेन्द्रले  नै   गरेका हुन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *