लन्डन । चलचित्र कलाकार संघ यूकेले स्वागत तथा समान कार्यक्रम गरेको छ।अक्टुबर २५ शुक्रबार साझ लण्डनको साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली चलचित्रका लिजेन्ट उद्धव पौडेल, खगेन्द्र लिम्बु लाई सम्मान गरियो ।
सम्मानित दुवै जना नेपाली चलचित्रका हस्ती हुन् । दर्जनौं फिल्म निर्माण गरेर नेपाली चलचित्रमा स्थापित उद्धव पौडेल कुसुमे रुमाल जस्तो कालजयी चलचित्र निर्माण गरेर यतिबेला राजनीति क्षेत्रमा रहेका पौडेल राष्ट्यि प्रजातन्त्र पार्टीको कोषाध्यक्ष हुन् । पौडेल विशिष्ट चलचित्रकर्मी र नेपाल सरकारबाट प्रदान गरिने पहिलो लाईफ टाइम एचिभमेण्ट एवार्डबाट विभूषित पनि हुन् ।यस्तै अर्का सम्मानित खगेन्द्र लिम्बू चलचित्र डिरेक्टरमा स्थापित नाम हो ।
कलाकार संघ यूके शाखाको संयोजक रोमिन लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काउन्सिलर प्रवेश केसी प्रमुख अतिथि थिए । यसैगरी बिशेस अतिथिमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी),का अध्यक्ष डा. कपिल रिजाल तथा उपाध्यक्ष बिराज भट्ट एबम चलचित्र नायिका नितु पोखरेल थिए । सिर्जना लिम्बूले सञ्चालन गरेको उक्त कार्यक्रममा सुमी लिम्बूले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधी समेतको सहभागिता थियो ।
नेपाल चलचित्र कलाकार संघ, यूके संयोजक रोमियन लिम्बुले थुप्रै चलचित्रमा सफल नायिकाको भूमिका गरिसकेकी छन् । लिम्बुले एकताबद्ध भएर क्रियाशील रहने उद्देश्यले संस्थाको अधिवेशन आउँदो नोभेम्बर १७ गर्ने बताएकी छन् । चलचित्र कलाकार संघ यूकेद्वारा सम्मान कार्यक्रम (भिडियो सहित)






