अमेरिकामा दुर्घटना : २ नेपालीको मृत्यु

न्यूयोर्क । अमेरिकाको ओहायोको कोलम्बसमा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ । स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो ।

२२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ) को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए । अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो । स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो । स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *