जन्मदिनको पैसा बिरुवा नेपाललाई

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलिया निवासी सुशिल चालिसे र अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्वय शायना र समिका चालिसेको जन्मदिनका अबसरमा संकलित ५ सय डलर बिरुवा नेपाललाई हस्तान्तरण गरेका छन् ।

ए होम फर अर्फान एन्ड एबन्डन चिल्ड्रेन नारा बोकेको सामाजिक संस्था बिरुवा नेपालमा हाल २० जना बालबालिकाले पठनपाठन र बसोबासको सुबिधा पाइरहेका छन् । बिरुवा नेपालका संस्थापक गौतम लामिछाने र पदमा पाण्डेले चालिसे दम्पतीप्रति आभार ब्यक्त गरे ।

चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा पवित्रा समाज नेपालमार्फत सहयोग पु-याएकी थिइन् ।

गत बर्ष दुबै छोरीको जन्मदिन मनाउने क्रममा ५ सय डलर लुम्बिनी कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । श्रेष्ठले उक्त सहयोग नायिका स्वेता खड्काको स्वेताश्री फाउण्डेशनलाई हस्तान्तरण गरेका थिए । उक्त पाउन्डेसनले ‘माझी बस्ती’ निर्माण गरिरहेको छ । माँझी समुदायका ३ सय ७५ जनाको लागि करिब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *