सिड्नीमा चौथो वरिवर च्याम्पियनशिप सम्पन्न

सिड्नी । सिड्नीमा वरिवर मार्सल आर्टस एन्ड फिटनेसको आयोजनामा चौथो किड्स फिटनेस च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको । वरिवर मार्सल आर्टस एन्ड फिटनेसले आयोजना गरेको उक्त प्रतियोगितामा ८० जना जति बालबालिका र उनीहरुका अभिभावकहरु र कम्युनिटी लिडरसहितको सहभागिता रहेको थियो । मोर्टडेलमा भएको कार्यक्रममा ८० बालबालिकाहरुका बिच प्रतिस्पर्धा गराइएको फिटनेसका निर्देशक प्रकाश क्षेत्रीले जानकारी दिए ।

फिटेस प्रतियोगितामा ८० जना मध्ये ३० जनाले गोल्ड मेडल प्राप्त गरेका थिए भने नेपालबाट अन्तराष्ट्रिय खेलाडी खेलाडी चुँग्ला शेर्पाले पनि सहभागिता जनाउँदै पुँसेबाट गोल्ड मेडल लिएकी थिइन् । मेडल पाउने नेपालीहरुमा श्रिया सापकोटा, दिवाज बज्राचार्य, जोसेफ क्षेत्री क्रिष्टीना क्षेत्री, दिवित, सुविन भट्टराई, समय खत्री, समिर रहिमलगायतले गोल्ड मेडल पाए ।  सुविनले बेस्ट फाइटर समेत प्राप्त गरे । विजेताहरुसहित सहभागी सबै बालबालिकालाई पुरस्कार वितरण गरियो ।

इनोभेटिभ एसोसियट्स स्पोन्सर रहेको उक्त कार्यक्रममा डिला खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।फिटनेसले सञ्चालन गरेको प्रतिस्पर्धा यो चौथो संस्करण हो । यसअघि सन् २०१९ को सेप्टेम्बरमा पहिलो, २०२० वर्षको डिसेम्बरमा दोस्रो र २०२१ मा तेस्रो संस्करण सम्पन्न गरिएको छ ।

नेपाली समुदायलाई खेलकुदप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । तेक्वान्दो प्रतियोगितामा नेपालीहरुको आकर्षाण बढाउन क्षेत्री लामो समयदेखि प्रयासरत छन् ।