लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेको उपाध्यक्ष पदमा धनबहादुर सार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्कीले आगामी आइतबार अल्टर्शटको टेमटेसनमा आफ्ना एजेन्डासहित पत्रकार सम्मेलन गरी औपचारिक उम्मेदवारी घोषणा गर्ने लन्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीलाई टेलिफोन मार्फत जानकारी दिए ।
को हुन् सार्की
नेपालमा गोरखाबाट बसाई सरेर चितवन पार्वतीपुर पुगेका सार्कीले लन्डनबाटै होटल म्यानेजमेन्टमा डिग्री हासिल गरे । उनी यतिबेला लन्डनको होन्सलोमा बसोबास गर्छन् । सिर्जनशील नेपाली समाज यूकेका पूर्वअध्यक्षसमेत रहेका सार्की यूरोपमा नेपाली समाजमा देखिने छुवाछुत, जातिभेद, बहुमतको जातीय दम्भ र असमावेशी चरित्रविरुद्ध बुलन्द आवाज उठाउँदै आएका छन् ।
दलित समुदायको मात्रै नभएर युरोपको सिंगो नेपालीको नेतृत्व गर्ने योग्यता र क्षमता राख्ने सार्कीलाई एनआरएनए यूकेमा सशक्त र बलियो उम्मेदवार ठानिएको छ । समाज परिवर्तनको संवाहक ठानिएका सार्कीको एनआरएनए यूकेको उपाध्यक्ष पदमा दिएको उम्मेदवारीलाई धेरैले सकरात्मक ठानेका छन् ।
नेपाली समाजको समावेशी चरित्रलाई झल्काउन पनि सार्कीको उम्मेदवारीलाई जायज ठान्ने समूह बेलायतमा ठूलै छ । बेलायतमा बसेर समाजसेवीको प्रर्याय बनेका सार्कीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै एनआरएनए यूकेमा समावेशी कार्यसमिति बन्ने सम्भावना बढेर गएको बताइएको छ ।
१५ वर्ष गोरखा सैनिक जीवनबाट अवकास लिए पछि सार्कीले विद्यार्थी जीवन हुदै सामाजिक क्षेत्र काम गर्दै आएका छन् । एनआरएन युकेको निर्बाचन आगामी सेप्टेम्वर १४ मा हुदैछ।






