फ्रान्सेली समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेसँग भेटवार्ता गरेका छन् ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा फ्रान्स भ्रमणमा रहेका प्रधानमन्त्री ओली र उनका फ्रान्सेली समकक्षीबीच हिजो साँझ प्रधानमन्त्री कार्यालयमै भेटवार्ता भएको हो ।

त्यस क्रममा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानीलगायत विषयमा छलफल भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले पेरिसस्थित नेपाली दूतावासको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकलाई आग्रह गरेका थिए । उनले फ्रान्सेली व्यवसायीसँग पनि भेटघाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *