एनआरएन यूके उपाध्यक्षका लागि सारु पनि मैदानमा

लन्डन । एनआरएन यूकेको विभिन्न पदमा उम्मेद्वारी घोषणा हुने क्रममा बेलायतका एकजना भूपू गोर्खा तथा सफल व्यवसायी उपाध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन् । व्यवसायी तथा रोयल इञ्जिनियर्सका अधिकृत भीम सारुले एनआरएन यूके उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

समाजसेवामा चासो राख्ने सारु इमेज लिमिटेडका मालिक तथा सञ्चालक र रोयल इन्जिनियर्स अधिकृत छन् ।

एनआरएन यूकेको २०१९–२०२१ का लागि हुने चुनावमा धेरै साथीभाइ, समाज, संघसंस्था तथा अग्रजको सल्लाहअनुसार उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु, सारुले भने, ‘मेरा विगतका कामप्रतिको मुल्याङ्कन र लगाब देखेर साथीभाइकै सुझाब सल्लाह तथा यस संघलाई अझ सशक्त बनाएर अगाडि लैजाने इच्छा पहिलेबाट नै भएकाले मैले उम्मेदवारी दिएको हुँ ।’ यो उम्मदवारी घोषणाको साथै चिरपरिचित नेपाली आमा–बाबा तथा दाजु भाइ दिदी बहिनीलाई आउने चुनावमा मलाई समर्थन गरी जिताउन अनुरोध गर्दछु, सारुले भने । सारु पूर्व बेलायती सेना हुन् । विभिन्न संघसंस्थामा रहेर काम गरेको उनीसँग अनुभव छ ।

बेलायत स्थित ब्रिटिस गोर्खा भेट्रानको सक्रिय सदस्यका रुपमा कामगर्दै आएका ननिटन मिडल्यान्ड,निबासी सारुको स्थायी घर पाल्पा हो । उनी बेलायत आएको २७ वर्ष बितिसकेको छ । उनी बेलायतमा पोस्टर, ब्यानर डिजाइन र प्रिन्टिङमा चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *