लन्डन । लण्डनको ब्ल्याकहिथ स्थित गत शनिबार ५ किलोमिट दौड सम्पन्न भएको छ । दौडमा एभरेष्ट इन ग्रुपले भाग लिएको हो । उक्त दौडबाट संकलित २ हजार ३ सय ९६ पाउन्ड संकलन भएको एभरेष्ट इनका निर्देशक यादव भण्डारीले जानकारी दिनु भएको हो । दौडबाट संकलित रकम बेलायती च्यारिटी संस्था क्यान्सर रिसर्च यूकेलाई हस्तान्तरण गरेको छ । 
दौडमा रस्मी भण्डारीले नेतृत्व गरेको उक्त टिममा भगवती खरेल, आशा भण्डारी, श्रेया खरेल, नेहा खरेल, गीता भण्डारी, विमला सापकोटा, मनिषा पाण्डे, मन्जु पाण्डे, रीता भण्डारी, मुस्कान सक्सेना, मेरियम कारमेलो सहभागी थिइन् ।

एभरेस्ट इनका निर्देशक एबम नेपाल पर्यटन बोर्डका पूर्व बेलायत प्रतिनिधि पशुपति भण्डारी अध्यक्ष रहेको एभरेस्ट इन टोलीले प्रत्येक वर्ष आयोजना हुने ५ किलोमिटर दौडमा सहभागी हुँदै आएको छ । एभरेस्ट इनको टिमले सामाजिक सेवामा उल्लेखनीय कार्य गर्दै आएको छ।






