संबिधान संशोधन मुलुकका लागि घातक: भीम रावल

धनगढी– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संबिधान संशोधन गर्नु मुलुकका लागी घातक हुने बताएका छन ।
धनगढीमा आज नेकपा एमाले पार्टीको ७ नम्बर प्रदेश बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । रावलले मधेशको मुद्धा नै स्पष्ट नरहेकाले संबिधान संशोधनको कुरा हास्यास्पद रहेको बताए ।

उनले संविधान सशोधन गर्न खोजिनु २०७४ माघ ७ पछि मुलुकमा रिक्तता निम्त्याउन खोजिएको त होइन भन्ने आशंका उब्जीन थालेको बताए ।

संचारक्रर्मीको जिज्ञासामा उपाध्यक्ष रावलले कैलालीको टिकापुर हिंसात्मक घटनालाई राजनैतिक मुद्धा बनाएर सरकारले फिर्ता लिन खोज्नु भनेको दण्डहिनतालाई प्रशय दिनु भएको बताए ।

उनले बैठकबाट स्थानीय तहको पुर्नसंरचना गर्दा अघिल्लो सरकारले दिएको मापदण्डको कार्यान्वयन गरी अघि बढ्नु पर्ने लगायतका सात बुँदे निर्णय भएको जानकारी दिए ।