सप्तरी, चैत १० – सप्तरी तेरहोतामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तेरहोता–५ नयाँ बस्तीका नरेश कुमार राईले श्रीमतीको हत्या गरेका हुन् । घरायसी विवादमा नरेशले भाटाले हान्दा श्रीमती सन्तोषी राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेका नरेशकुमार राई फरार भएकाले खोजी भैरहेको सप्तरीका प्रहरी उपरीक्षक शिशिर कर्माचार्यले जानकारी दिनुभयो ।






