एनआरएन अष्ट्रेलियाले आयोजना गरेको गाला डिनर जुन १० मा

तक्दिर अधिकारी

सिड्नी । गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा हिजोआज प्रायः सबै राज्यमा परोपकारी कार्यको लागि कोष संकलन कार्यक्रम भइरहेको छ । यसै गरी एनएसडब्लु राज्यमा पनि जुन १० मा कार्यक्रम हुँदैछ । प्राबिधिक कारणले मे २६ मा हुने भनिएको परोपकरी रात्री भोज अब जुन १० मा सारिएको आयोजकले जानकारी दिएका छन् ।

कार्य ब्यस्तताको कारण नेपाल बिद्युत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङको अनुपस्थित हुने जानकारी आयोजकले गराएका छन् । कार्यक्रममा उपस्थिति हुन नेपालका राजनीतिक विश्लेशक तथा प्रखर बक्ता डा. सुरेन्द्र केसी, चर्चित अभिनेत्री, निर्माता तथा माझी बस्ती निर्माणकार श्वेता खड्का, बिशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेतीको उपस्थिती रहने कार्यक्रम आयोजकमध्येकी एक सन्ध्या शाहले जानकारी दिनुभयो ।

नेपाली राजनीतिको खरो विश्लेषण गर्ने डा. सुरेन्द्र केसी सत्तापक्षको जहिले तारो बन्छन् । नेपाली राजनीतिमा देखिएको विकृतिलाई जनता सामु पु-याउन डा. केसी कहिले डगमगाउँदैनन । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापक गरेका डा. केसी इतिहासका प्रोफेसर थिए । गलाको क्यान्सर भएपछि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारपछि स्वास्थ्य रहेका डा. केसी नेपाली समाजका अमूल्य निधि हुन् । नेपालको वर्तमान राजनीतिक अवस्था र विकृतिको डा. केसीको मुखबाट बखान सुन्ने हो भने कार्यक्रममा सहभागी हुनैपर्छ ।

माझी बस्तीकी अभियन्त श्वेता गर्धनमा ट्युमर भएर भर्खरै भारतको दिल्लीमा उपचार गराएर फर्केकी छन् । श्वेता पूर्ण स्वास्थ्य भएर कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आइपुग्ने आयोजक शाहले जानकारी दिएकी छन् । दोस्रो जीवन पाएकी श्वेतासँग भेट गर्न पनि उक्त रात्रिभोज फलदायी हुने बताइएको छ ।

अटिजम भएका बालबालिकाको संरक्षणमा सविता उपे्रती होमिएकी छन् । त्यस्ता फरक क्षमता भएका बालबालिकाका लागि उनले भक्तपुरमा स्कुल सञ्चालन गरेकी छन् । अटिजम रोग लागेका बालबालिका कस्ता हुन्छन्, उनीहरुलाई कस्तो शिक्षा आवश्यक पर्छ भन्ने जान्नका लागि पनि उक्त रात्रिभोज महत्वपूर्ण हुने आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आउने बताइएको थियो । प्राविधिक कारणले निर्देशक घिसिङ उपस्थित भएनन् । एनआरएन कोषको रकम वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ । एनआरएन कोष वृद्धि र अस्टे«लियावासी नेपालीलाई स्वदेशसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक शाहले बताइन् । एनआरएन कोषमा ५० हजारभन्दा कम भएकाले कोष वृद्धिका लागि एनआरएन कार्यसमितिले आफ्नो कार्यकालको अन्तिम कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सिड्नीबासी सम्पूर्ण नेपालीलाई सहभागिताका लागि संयोजक शाहले अनुरोध गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *