पोर्चुगलमा गुल्मीका रिजालको मोटरसाईकलको ठक्करबाट मृत्यु

लिस्बान । पोर्चुगलमा गुल्मीका एक युवाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ती युवा गुल्मी मुसिकोट नगरपालिका–६ स्थायी घर भएका रमेशकुमार रिजाल शर्मा हुन् । उनी बिगत एक बर्षदेखि पुर्चुगलमा बस्दै आएका थिए । ३७ वर्षीया शर्माको मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको हो ।
पोर्तुगलको ट्याबलोईड पत्रिका कोरियो मानहाले छापेको खबरअनुसार पोर्चुगलको राजधानी लिस्बनबाट झन्डै ४ सय किलोमीटरको दुरिमा रहेको भिला नोभा दे मिल्फोन्तेस भन्ने स्थानमा शर्मालाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो । गत मे ३१ तारिख राति करीब ९ः४० बजेतिर साइकलमा सवार रहेका शर्मालाई तीब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि उनलाई उपचारको लागि अस्पतल लगिएको थियो । उपचारको क्रममा उनको सोही राती निधन भएको हो ।
मोटरसाइकल चालक ४३ वर्र्षीय पोर्चुगिस नागरिक डिनेश पनि घाइते भएका थिए । डिनेश उपचारकै क्रममा रहेको ट्याबलोइडले खबरमा उल्लेख गरेको छ । पत्रिकाले भारतीय नागरिक भनेर लेखेको थियो । तर उनी भारतीय नभएर गुल्मी मुसिकोट–६ का रिजाल भएको पारिवारिक स्रोत र एनआरएनमार्फत् पुष्टि भएको छ । शर्माको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक श्रोतले जनाएको छ । एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीका अनुसार सन् २०१९ सुरु भएपश्चात पाँच महिनाभित्र ४ नेपालीले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *