पोलिट नेपालका लागि बेलायती राजदूत नियुक्त

काठमाडौं । नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिस सरुवा भएपछि उनको स्थानमा निकालोलाई नियुक्त गरिएको हो । सरुवा भएपछि बुधबार साँझ राजदूत मोरिसले लब्ध प्रतिष्ठित व्यक्तित्व तथा सञ्चारकर्मीका लागि रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

पोलिट हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *