लण्डनमा सन्ध्याको ‘बिर्सुं कसरी’नयाँँ म्युजिक भिडियो सार्वजनिक

लण्डन । लन्डनमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका सन्ध्या पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन्। सन्ध्याको स्वरमा सजिएको ‘ ‘बिर्सुं कसरी ‘बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

म्युजिक भिडियो निर्देशन भने बेलायतमा चर्चित फोटोग्राफर राजेन्द्र पौडेलले गरेका छन् । पौडेलको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो बुधबार लन्डनमा एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

पत्रकार शिव भण्डारीले संचालन गरेको म्युजिक भिडियो विमोचन औपचारिक चरणमा एनआरएन यूके महासचिव आरके त्रिपाठी,यती नेपाली एशोसिएसन अध्यक्ष ध्रुव केसी, सोलिसिटर राजु थापा, पत्रकार फडिन्द्र भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवन संगिनी सन्ध्या पौडेलले स्वरमा सजिएको पहिलो गीत पनि हो ।

म्युजिक भिडियोमा संगीतकार आशिष राजको संगीत रहेको गीतको रचना जे सागरले गरेका हुन् । म्युजिक भिडियोमा नर्सिंग एशोसिएसन यूकेकी पूर्व अध्यक्ष समेत रहेकी मोडल प्रसुना कंडेलसंगै मोडलहरु रोश्ना कार्की र विकेशराज बस्नेतले अभिनय गरेका छन् ।

कोरियोग्राफी अर्चना गिरी तथा मेकअप अम्बिका अधिकारीले गरेका छन् । म्युजिक भिडियोको छायांकन फेटोग्राफर राजेन्द्र पौडेलले आफै गरेका हुन्।

भिडियो हेर्नुस – 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *