शिब भण्डारी
लन्डन । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न बेलायतको मिडल्याण्डमा एक च्यारिटी कार्यक्रम गरिएको छ ।कार्यक्रमबाट करिब १० लाख रुपियाको कोष संकलन भएको एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए ।

नेप्लिज सेफ एशोसिएसन यूकेद्धारा आयोजित च्यारिटी कार्यक्रम सोमबार बेलायतको बर्मिङहममा सम्पन्न भएको हो । भूकम्पले ध्वस्त धादिङको स्कुलको पुस्तकालयको सहयोगार्थ कार्यक्रम गरिएको हो ।
एशोसिएसन महासचिवमा भुपेन्द्र पाठकले संचालन गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षत्रय पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेमगाहामगर, सेफ एसोसिएसन यूके संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले भूकम्पबाट प्रभावित स्कुलको पुस्तकालय बजेट अभावमा संचालन हुन नसकेको अवस्थामा सेफ एशोसिएसन सहयोगमा जुटेको बताए ।
कार्यक्रमका सभापति एवं एशोसिएसनका अध्यक्ष दधि आचार्यले कार्यक्रमका सहभागी तथा सहयोगी सबैप्रति आभार प्रकट गर्दै धुवाँकोट क्षेत्रको लोकप्रिय मानिने विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको लागि मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम संयोजक कृष्ण ढकालले कार्यक्रम सफल भएको भन्दै मिडल्याण्डबासी लगायत सबै उपस्थित अतिथि, अभिभावक, आमन्त्रित व्यक्तित्व लगायत सबै प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
हेर्नुहोस सहकर्मी प्रकास कंडेलको सहयोगमा बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा सम्पन्न कार्यक्रम को स्थलगत लाइभ भिडियो—
कार्यक्रममा बेलायतका बिभिन्न शहरबाट आएका करिब ४ सय जना नेपालीहरु सहभागी कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय चर्चित कलाकारहरु कुलेन्द्र विक, प्रिति आले, कृष्ण काफ्ले , दीपाशा जलपरी साथै स्थानीय कलाकारहरु शिक्षा पौडेल, चञ्चल पन्थी लगायतले विशेष प्रस्तुति गरेका थिए ।
कार्यक्रममा वेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । तस्बिर: टिका अधिकारी






