पेरुका पूर्व राष्ट्रपतिद्वारा गोली हानी आत्महत्या

एजेन्सी- पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् ।

गार्सियालाई उनको आवासमा घुस लिएको आरोपमा पुलिसले पक्राउ गर्न जाँदा उनले आत्महत्या गरेका हुन् ।

गार्सियालाई राजधानी लिमाको अस्पताल पुर्याइएको थियो । उनको मृत्युको पुष्टि पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले गरेका छन् ।

हस्पिटल बाहिर गार्सियाका समर्थक जम्मा भएकमा थिए । उनीहरुलाई पुलिसले नियन्त्रण गरेर फिर्ता पठाएको थियो ।

गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओेदेब्रक्तसँग घुस लिएको आरोप छ जसलाई उनले अस्विकार गरेका थिए । यी आरोपपछि अधिकारी उनलाई पक्राउ गर्नका लागि उनको घर पुगेका थिए ।

आफूलाई कोठामा बन्द गरेः

गृहमन्त्री कार्लोस मोरनले पत्रकारसँगको कुराकानीमा पुलिस त्यहाँ पुग्दा गार्सियाले एउटा फोन गर्न अनुमती माग्दै आफ्नो कोठामा गए र भित्रबाट चुकुल लगाए ।

मोरनले भने, ‘त्यसको केही बेरमै गोली चलेको आवाज आयो । पुलिसले धोका फुटाएर भित्र जाँदा गार्सिया कुर्सीमा बसेका थिए र उनको टाउकोमा गोली लागेको थियो ।’

त्यसपछि गार्सियालाई लिमाको केसिमिरो उलोओ अस्पताल पुर्याइयो तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

राष्ट्रपति विजकारले ट्वीट गर्दै पूर्व राष्ट्रपतिको मृत्युले आफूलाई धक्का लागेको बताउँदै उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

गार्सियाले सन् १९८५ देखि १९९० सम्म र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हाले ।

अनुसन्धानकर्ताका अनुसार उनले आफ्नो दोस्रो कार्यकालमा आदेब्रक्तसँग घुस लिएका थिए । यो परियोजना राजधानीमा मेट्रो लाइन निर्माणसँग जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *