नयाँ वर्षमा रकडेलमा निःशुल्क सांगीतिक कार्यक्रम

  • तक्दीर अधिकारी

अस्ट्रेलिया (सिड्नी) – नेपाली नयाँ वर्ष २०७६ को अवसरमा रकडेल बाइसेन्टेनियल पार्कमा निःशुल्क सांगीतिक कार्यक्रम हुने भएको छ ।

मायालु इन्टरटेन्मेन्टको आयोजना तथा एस्पाइर इन्टरनेसनल एजुकेश कन्सल्टेन्सीको मुख्य प्रायोजनामा आगामी अप्रिल १४ तारिखमा सांगीतिक कार्यक्रम ‘नेप्लिज न्यू इयर फेस्टिबल २०७६’ हुन लागेको हो । नयाँ वर्षका अवसरमा निशुल्क आयोजना गर्दा नेपाली संस्कृतिको प्रबर्द्धन हुने आयोजकको विश्वास छ ।

रकडेल बाइसेन्टेनियल पार्कमा हुने कार्यक्रममा चर्चित कलाकारहरु अल्मोडा राना उप्रेती, राहुल शाह, समीर आचार्य, ईश्वर पोखरेल, सञ्जीव पराजुली, टीका प्रसाईंलगायतका चर्चित कलाकारको प्रस्तुति रहने मायालुका निर्देशक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कार्यक्रम दिउँसो ११ बजेदेखि ७ बजेसम्म चल्नेछ ।

कार्यक्रमस्थलमा फुड स्टल पनि राखिनेछ ।

मायालु इन्टरमेन्टले चर्चित गायकगायिका कोमल वली र खुमन अधिकारीसहित नेपाल र अस्ट्रलियामा रहेका कलाकारको प्रस्तुतिमा गत वर्ष तीजमा पनि भव्य कार्यक्रम आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *