नेपाल प्रेस युनियनका अध्यक्षसहितका नेताहरु लन्डन उत्रिए

लन्डन– नेपाली कांग्रेसको शुभेच्छुक पत्रकार संगठन नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल नेतृत्वको टोली लन्डन उत्रिएको छ ।

नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनका लागि अध्यक्ष सिग्देल, उपाध्यक्ष बाला अधिकारी र महाचिव अजयबाबु सिवाकोटी बेलायत यात्रामा निस्किएका हुन् । युनियन यूकेको पहिलो अधिवेशन मार्च ३१ तारिख लण्डनको प्लमस्टिडस्थित गेसो हलमा हुने तदर्थ समितिका संयोजक विपिन निरौलाले जानकारी दिए ।

युनियनको पहिलो विदेश शाखाकारुपमा सन् २०१६ मा बेलायत शाखा स्थापन भएको थियो । तीन वर्षदेखि यूके शाखा तदर्थमात्रै रहेको भन्दै केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले अधिवेशन गराउन सर्कुलर गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *