नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

काठमाडौँ– टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ ।

सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो ।

संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गरेका छन् । फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गरे ।

‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भने, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ । चौधरीको शपथ कानुनसम्मत छैन ।’ सभामुख महराले प्रतिपक्ष दल र अन्य कानुनी परामर्शबिना कार्यकारीको जस्तो अधिकार प्रयोग गरी शपथ गराउनु गलत भएको अधिकारीले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *