राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

sf7df8f}F,@& ebf} M k|1f k'/:sf/ Pjd /fli6«o sljtf dxf]T;j ;df/f]x /fi6«klt ljBfb]jL e08f/L g]kfn k|1f k|lti7fgåf/f ;f]daf/ /fhwfgLdf cfof]lht k|1f k'/:sf/ Pjd /fli6«o sljtf dxf]T;j ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M rGb|snf If]qL÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् ।

राष्ट्रपतिबाट हुने सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ ।

राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

उनले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् ।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।