लन्डन – नेपालको आठौं राष्ट्रिय खेलकुदमा सहभागि गराउन एनआरएन हङकङमा खेलाडीको नामावली संकलन कार्य शुरु भएको छ । गैर–आवासीय नेपाली संघ हङकङले एनआरएनमार्फत खेलाडीको नामावली संकलन कार्य शूरु गरेको हो । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै एनआरएन हङकङले इच्छुक खेलाडीहरुलाई आगामी जनवरी ७ सम्म नामावली पेश गर्न आग्रह गरेको छ ।
एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ ९टिका० का अनुसार खेलाडी छनौट राष्ट्रिय खेलकुद परिषद् नेपालले तय गरेको मापदण्ड अनुसार गरिने भएकाले खेलाडीको नामावली संकलन गर्ने काम शूरु गरिएको हो ।
जसको लागि एनआरएनए टिमका खेलाडीसँग संघको सदस्यता, नेपाली नागरिकता र पासपोर्ट अनिवार्य हुनु पर्ने र नेपालका विभागीय टिममा आबद्ध खेलाडीले सम्बन्धित विभागबाट अनुमतिपत्र अनिवार्य रुपमा लिएको हुनु पर्ने ब्यवस्था रहेको छ । गैर–आवासीय नेपाली संघ हङकङका युवा संयोजक प्रेम लामाको सयोजकत्वमा मिलन गुरुङ र ईश्वर गुरुङ सदस्य रहने गरि समिति बनाइएको छ ।
यस वषदेर्खि पहिलो पटक नेपालको आठौं राष्ट्रिय खेलकुदमा एनआरएनले सहभागिता जनाउँदैछ । जसको लागि एनआरएन आइसिसीले एनसिसीमा खेलाडीको नामावली छनौट गरि पठाउन पत्र पठाएको थियो । खेल आगामी माघ २५ देखि फागुन ३ (फेब्रुअरी ८–१५, २०१८) मा प्रदेश नम्बर ५ मा हुँदैछ । खेलमा विभिन्न ३४ विधा रहेका छन् । एनआरएनएटिमले राष्ट्रिय खेलकुदमा पहिलो पटक भाग लिएसँगै सात प्रदेश र तीन विभागीय ९नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बल०सँग प्रतिस्पर्धा गर्न पाउनेछ ।






