लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष केशव पौडेल लन्डन आएका छन् । पारिवारिक भ्रमणको लागि बेलायत आएका पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले बुधबार लन्डनमा स्वागत सम्मान गरेको छ ।
पौडेलको सम्मानमा बुधबार नै अन्तर्क्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले दुवै देशमा रहेका नेपालीका मुद्दा समान रहेको भन्दै सहकार्यको अपेक्षा व्यक्त गरे ।
अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य,आईसीसी सदस्य रामशरण सिम्खडा, पूर्वसल्लाहकार विश्वआदर्श पण्डित, एनआरएन युकेका उपाध्यक्षहरु प्रेमगाहा मगर, ललित न्यौपाने, उपमहासचिव विनय अधिकारी,गंगा राना लगायतले धारणा राखेका थिए ।
एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा कार्य समिति सदस्य बिमला लिम्बु ,पूर्व आईसीसी सदस्य कृष्ण तिमिल्सिना, डा. मिन रानाभाट, देव गुरुङल लगायतको उपस्थिति थियो ।






