काठमाडौं । नेपाल आर्यडलका चर्चित प्रतिस्पर्धी पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका पवन उत्कृष्ट ६ बाट बाहिरिएका हुन्।
उत्कृष्ठ ६ बाट पवन बाहिरिएसँगै विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक नेपाल आईडलको टप ५ मा उक्लिएका छन्।
नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि पवनका आँसु वर्षिएका थिए। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।






