डा. केसीलाई भेट्न गगन थापा शिक्षण अस्पतालमा

काठमाडौँ– डा. गोविन्द केसीलाई कांग्रेस नेता गगन थापाले भेटेका छन् । शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगेका थापाले केसीको स्वास्थ अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९ दिनदेखि इलाममा अनसनरत डा. केसीलाई बिहीबार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् ।

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ । उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ ।

उनका सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएका थिए ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *