दुई महिनामा नेविसंघको महाधिवेशन हुने सम्भावना छैन : महामन्त्री कोइराला

काठमाडौ– नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आईतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यवद्धता जनाउदै थप गरिएको समय भित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो ।

यसअघि विधान अनुसार नेविसंघको दुई बर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *