उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठीक भएनः यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठीक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठीक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाए ।

उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगीहरुलाई व्यापारी मानसिकतामात्रै बोकेर नहिँडन पनि सचेत गराए ।

उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ ।

मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढन पनि उद्योगीहरुलाई आग्रह गरे ।

मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गरे ।

उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तराष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले स्वदेशी बस्तुमा उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *