उपसभामुख तुम्बाहाङ्फे यूके आउँदै, बालिका शिक्षाबारे प्रवचन दिने

????????????????????????????????????
  • शिव भण्डारी

लन्डन– उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे दुई दिनपछि बेलायत भ्रमणमा आउने भएकी छन् ।

महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा नोभेम्बर ८ र ९ मा लन्डनमा महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन तुम्बाहाङ्फे बेलायत आउन लागेकी हुन् । नोभेम्बर ७ तारिख बुधबार उनी लन्डन आउने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ ।

सम्मेलनमा उपसभामुख तुम्बाहाङ्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम रहेका संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनी सम्मेलन सकिएपछि पनि नेपाली समूदायले गर्ने कार्यक्रममा सहभागिता जनाउनेछिन् ।

लन्डनस्थित नेपाली दूतावासले पनि उपसभामुखको सहभागिता रहने केहि कार्यक्रमहरु तय गरिसकेको छ । यहि नोभेम्बर १० तारिख शनिबार बिहान भिजिट नेपाल २०२० को प्रबर्द्धनका लागि एक उच्चस्तरीय समिति घोषणा गर्न दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख सहभागी हुनेछिन् । त्यस्तै, ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा नोभेम्बर १३ को साँझ दूतावासमै हुने नेपाल डेभलपमेन्ट कन्फरेन्समा पनि उनको सहभागिता रहनेछ ।

केही साताअघि नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सिंहदरबारस्थित उपसभामुखको कार्यालयमै पुगेर उक्त सम्मेलनको लागि निमन्त्रणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *