गुल्मी । नेकपा एमालेका नेता गोकर्ण बिष्टको इश्मा गाउँपालिकामा नेपाली कांग्रेसका जिल्ला सचिब भगतसिंह खड्का विजयी भएका छन् । उनले ५ हजार ५८९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका हीरा एसीले ५ हजार ४६४ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवर क्षेत्रीले ५ हजार ९०९ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिद्धन्दी एंव निर्वतमान उपाध्यक्ष बिमला खत्रीले ५ हजार १२१ मत प्राप्त गरेकी छन् ।
गत निर्वाचन २०७४ मा गोकर्ण बिष्टका दाजु लक्ष्मण बिष्टले इश्मा गाउँपालिका जितेका थिए ।
यस्तै नेकपा एमालेका उप महासचिब प्रदीप ज्ञवालीको पालिका रुरुक्षेत्र गाउँपालिकामा गठबन्धनतर्फबाट माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् ।
उनले ५ हजार ८१७ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। ज्ञवालीका प्रतिद्धन्द्धी एमालेका हिमाल श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा नेकपा एमालेकी मीनादेवी गौतमले ५ हजार ४५१ मत ल्याएर विजयी भएकी छन् ।उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत प्राप्त गरिन् ।






