एनआरएन यूएई फुजेरा क्षेत्रीय परिषद्को शुभकामना कार्यक्रम सम्पन्न

यूएई । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईले फुजेरामा क्षेत्रीय समन्वय परिषदको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईले फुजेरामा क्षेत्रीय समन्वय परिषदले विजय दशमी, शुभ दिपावली, छट तथा नेपाल सम्बतको अबसर परेर फुजेराको माधव पार्कमा भब्य शुभकामना आधन प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा फुजेरा, काल्वा, खोर्फाखान, डिब्वा लगायतक क्षेत्रबाट उक्त क्षेत्रमा कार्यरत नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै फुजेरा क्षेत्रमा क्रियासिल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । आपसी सद्वाब, भातृत्व र सम्बन्ध बिस्तार तथा आफ्नु संस्कृतिको जोगर्ना गर्नका निमित्त आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै एनआरएनए यूएईका युवा संयोजक नबिन पौडेल, महासचिव कृष्ण पौडेल तथा उपाअध्यक्ष कल्पना राईले यस्ता प्रकारका कार्यक्रमले नेपाली नेपालबीच एकता र सम्बन्ध बिस्तारमा महत्त्वपूर्ण भूमिका हुने साथै नेपालीहरुका सुख दुखमा नजिकबाट जोडिन पाउने हुँदा आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम गर्दै गर्न र हाम्रा चाडैपर्व संस्कृति जगेर्ना गर्दै मनाउँन आग्रह गरेका थिए ।

चाडवाडको बेलामा रमाइलो गर्ने नाउमा मादक पदार्थ लगायत सेवन गरेर बिभिन्न समस्या निम्तिने गरेको हुँदा तेता पट्टि सबै सचेत रहनु पर्ने कुरा र जनचेतनाका कुरा समेत बक्ताहरुले राख्नु भएको थियो भने कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष रमेश श्रेष्ठले हरेक कुरामा फुजेरा क्षेत्रलै साथ सहयोग रहने र आबस्यक सबै सहयोग उपलब्ध गराउने भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम साथ साथै जनचेतना र नेपाली नेपालीबीचको सम्बन्ध विस्तारका कार्यक्रम गर्दै जाने जानकारी गराए ।
उक्त कार्यक्रमको सभापतित्त्व फुजेरा क्षेत्रीय परिषदक अध्यक्ष बिरेन्द्र खड्का तथा प्रमुख अतिथिमा एनआरएनए यूएई का अध्यक्ष रमेश श्रेष्ठ हुनुन्थ्यो, कार्यक्रमको संचालन अमित बिश्वकर्मा ले गरेका थिय भने स्वागत मन्तब्य हरि ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *