पासा पुचले सामूहिक म्ह:पूजा र सांस्कृतिक कार्यक्रम गर्ने

लन्डन– पासा पुच गुठी साउथ इस्ट लन्डनले सामूहिक म्ह:पूजा र सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नेपाल सम्बत ११३९ को पावन अवसरमा ८ नोभेम्बर २०१८ बिहीबार साँझ ४ बजेदेखि ११ बजेसम्म एसियन कन्युनिटी सेन्टर ह्वाईट हर्ट रोड लन्डनमा कार्यक्रम आयोजना गरिएको पासा पुच गुठी साउथ इस्ट च्याप्टरका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।

कार्यक्रममा सहभागीलाइ एक साताअघि नै टिकट लिन आयोजकले अनुरोध गरेको छ । एक साता अगाडि लिनेले १५ र सोही दिन लिनेले १७ पाउण्ड तिर्नुपर्नेछ । १२ वर्ष मुनिकालाई ८ र ७ वर्षमुनिकालाई टिकट नि:शुल्क गरिएको छ ।

कार्यक्रममा विभिन्न लाखे नाँच, हुलाँ प्याखँ (नाँच), धिमेँ बाजा ,कुमारी यात्रा झॉकी, मञ्जुश्री नाच समेटिएका छन् । साँझ ६ बजेसम्म सांस्कृतिक कार्यक्रम र ८ बजेपछि नेपाली खाना सुरु हुन्छ ।

सम्पर्कका लागि
सुशील प्रजापति अध्यक्ष 07837846562
नगेन्द्र श्रेष्ठ महासचिव 07825794869
म्हःपूजा संयोजक रिता श्रेष्ठ 07940384384
साँस्कृतिक कार्यक्रम संयोजक सोनी श्रेष्ठ 07411778821

Leave a Reply

Your email address will not be published. Required fields are marked *