ह्यामबगले हात पार्यो एनआरएन जर्मनी कप फुटवलको उपाधि

लन्डन । एनआरएन जर्मनी कप फुटलवको उपाधि ह्यामबग टिमले हात पारेको छ । प्रतियोगिताको दोस्रोमा मुनचेन र तेस्रोमा ब्रिमेन टिमले जित्न सफल भए । एनआरएन जर्मनी अध्यक्ष विजय मोक्तानका अनुसार प्रतियोगितामा १५ टिम रर्जीष्टेशन भएपनि १२ टिम सहभागि भएका थिए ।

प्रतियोगतामा जर्मनीमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिती थियो । एनआरडव्लु हेर्नेमा भएको खेल विभिन्न चार समूहमा विभाजन गरि खेलाइएको आयोजकले जनाएको छ ।