‘एनआरएन डे’ को अवसरमा रक्तदान हुने

लन्डन । गैरआवासीय नेपाली संघले एनआरएन डे को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएन अन्तर्गतको रक्तसञ्चार पद्धति विकास समितिको आयोजनामा यही अक्टोवर १२ तारिखका दिन रक्तदान हुने भएको हो ।

समितिका संयोजक फणिन्द्र पन्तले रक्तदान कार्यक्रमलाई नमुना बनाउने र सन्देश दिने उद्देश्यले ‘एनआरएन डे’ मा रक्तदान कार्यक्रम आयोजना गरिन लागिएको बताए ।  पन्तका अनुसार एनआरएनमार्फत अहिलेसम्म २३ वटा देशमा रक्तदान आयोजना भइसकेको र ११ हजाले रक्तदान गरिसकेका छन् । साथै १२ अक्टोबर सम्म नेपाल पुग्ने प्रवासी नेपालीहरुलाई रक्तदानको लागि आफ्नो समय सुरक्षित गर्न ११ अक्टोबर भित्र जानकारी गर्न अनुरोध गरिएको छ ।